२२ जेठ, काठमाडौं । विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इद उलफित्र’ मनाइरहेका छन् । नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक पर्व मनाइरहेका छन् ।
काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ ।
बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।
काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित देखिएको छ । देशका विभिन्न स्थानबाट काठमाडौंमा आइपुगेका मुस्लिम धर्मालम्बीहरुले नमाज पढेर तथा खुसी साटासाट गरेर पर्व मनाइरहेका छन् ।
घण्टाघर वरपर मुस्लिम धर्मालम्बीहरुको बाक्लो उपस्थितिले यो क्षेत्रमा भीडभाड बढेको छ ।
इद उलफित्र मुस्लिम धर्मालम्बीको ठूलो चाड हो । सरकारले पनि यो पर्व मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

Online khabar
0 Comments