New templates on your Email

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।

उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए ।

उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किनेछन् ।



Khemraj wali

Post a Comment

0 Comments