New templates on your Email

‘सतीदेवी’को मर्मस्पर्शी गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक

काठमाडौं । साउन ४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ ।

गीतले फिल्मकी मुख्य शीर्ष पात्रको संवेदना चित्रण गर्छ । प्रमुख रोलमा मलिका महतले अभिनय गरेकी छन् । मुख्य पात्रले भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन मर्मस्पर्शी छ ।

निर्देशक समेत रहेका लक्ष्मण सुवेदीको शब्द रचना रहेको गीतमा सुभाष भुसालको संगीत र ममता गुरुङको स्वर छ । पुरुषोत्तम सुवेदी एरेञ्जर हुन् ।

फिल्मको यसअघि सार्वजनिक पोस्टर र टिजरले दर्शकको ध्यान खिचेको छ । टिजरमा मलिकाको अभिनयको प्रशंसा भएको छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा मलिकासहित रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी, मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन् ।

विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने सोचलाई कटाक्ष गर्छ ।



Bishnu Sharma

Post a Comment

0 Comments