New templates on your Email

गेटाफेको पोष्टमा ४ गोल गर्दै बार्सिलोना दोस्रो स्थानमा

१३ फागुन, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी घटाएको छ ।
बार्सिलोनाको २६ खेलबाट ५७ अंक भएको छ र रियलसँग ५ अंकको दूरीमा छ । । शीर्ष स्थानको रियल मड्रिडको २५ खेलबाट ६२ अंक छ । २५ खेलबाटै ५६ अंक रहेको जिरोना तेस्रो स्थानमा झरेको छ ।
बार्सिलोनाको सहज जितमा चार फरक खेलाडीले गोल गरे ।
राफिन्हाले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा क्याटलान क्ललबे तीन गोल थप्यो । जाआओ फेलिक्सले ५३औं, फ्रेन्की डे जोङले ६२औं मिनेटमा गोल गरे । फर्लिन लोपेजले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।


Khemraj wali

Post a Comment

0 Comments