New templates on your Email

म नेपालमै बस्न चाहन्छु : प्रशिक्षक अल्बर्टो एनेस

६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले आफू नेपालको प्रशिक्षकको रुपमा अझै बस्न चाहएको बताएका छन् ।

फिफा विश्वकप छनोटअन्तर्गत मंगलबार यमनसँगको खेलपछि एनेसले यस्तो बताएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत फागुनमा इटालियन प्रशिक्षक एनेसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको कार्यकाल आउने फागुनमै सकिनेछ । तर अब नेपालले यो बीचमा कुनै ठुलो खेल खेल्ने छैन ।

विश्वकप छनोटमा अब नेपालको खेल चैतमा मात्र हुनेछ । चैतमा नेपालले बहराइनसँग होम र अवे दुवै खेल खेल्नेछ ।

‘म यहाँ बस्न चाहन्छु । किनकि मलाई नेपाली जनता मन पर्छ । उनीहरु दयालु छन् ,’ एनेसले नेपाली टिमको प्रशिक्षकमा निरन्तरता बारे सोधिएको प्रश्नमा भने ।

एनेसको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । लाओसविरुद्धको प्रारम्भिक छनोटमा एक जित र एक बराबरी नतिजा निकालेको नेपाल पछिल्लो दुई खेलमा पराजित भयो । यमनसँग हारअघि नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।

यस्तै साफ च्याम्पियनसिपमा नेपाल एनेसको प्रशिक्षणमा समूह चरणबाटै बाहिरिएको थियो ।



Khemraj wali

Post a Comment

0 Comments