New templates on your Email

रियल मड्रिड शीर्ष स्थानमा

११ मंसिर, काठमाडौं । रोड्रिगोको दुई गोल र जुड बेलिङघमको एक गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा काडिजलाई ३-० ले पराजित गरेको छ ।

यस जितपछि रियल शीर्ष स्थानमा उक्लेको छ ।

काडिजको मैदानमा भएको खेलमा रोड्रिगोले खेलको २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

बेलिङघहमले ७४औं मिनेटमा गोल गरे । यस रियल मड्रिडका लागि बेलिङघमको यो १३औं गोल हो । २०औं बेलिङघमले ला लिगामा १२ खेलमा ११औं गोल गरेका हुन् ।

जितपछि रियल १४ खेलबाट ३५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो ।

एक खेल कम खेलेको जिरोना ३४ अंकसहित दोस्रो स्थानमा छ । समान ३१ अंक रहेका एट्लेटिको मड्रिड र बार्सिलोना क्रमश: तेस्रो र चौथोमा छन् ।



Khemraj wali

Post a Comment

0 Comments