New templates on your Email

तथ्यांकमा काठमाडौं भर्सेस इलाम

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलामी एफसीब प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेलमा भिड्न लागेका साविक च्याम्पियन काठमाडौं र नयाँ टोली इलामको तथ्यांक यस्तो छ –

१. डिफेन्डिङ च्याम्पियनका रूपमा काठमाडौं रेजर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा उद्घाटन खेल खेल्दै । उसको प्रतिद्वन्द्वी स्पोर्टिङ इलाम एफसी रहेको ।

२. काठमाडौंले पहिलो संस्करणको एनएसएलमा पनि उद्घाटन खेल खेलेको थियो । त्यसमा काठमाडौंले ललितपुर एफसीलाई १-० ले हराएको ।

३. स्पोर्टिङ एनएसएल खेल्ने आठौं टिम हो र यसै प्रतियोगिताबाट डेब्यु गर्ने तीन टिमध्ये एक हो ।

४. काठमाडौं र स्पोर्टिङबीचको यो पहिलो खेल हो । एकआपसमा दुई टोली पहिलोपल्ट भिड्दै छन् ।

५. काठमाडौंले अहिलेसम्म नौ खेल खेलेको छ । त्यसमा लिग चरणका छ र त्यसपछिको चरणका तीन खेल रहेका छन् । काठमाडौं प्रतियोगितामा सार्वधिक खेल खेल्ने टिम हो ।

६. काठमाडौंले अहिलेसम्म खेलेका नौ खेलमध्ये ६ मा विजयी, १ मा बराबरी र २ मा हार रहेको छ । काठमाडौंका दुवै हार धनगढी एफसीविरुद्ध रहेको छ ।

७. यी नौ खेलमा काठमाडौंले १४ गोल गरेको छ भने १० गोल खाएको छ ।

८. स्पोर्टिङविरुद्ध काठमाडौंका खेल उसको दसौं खेल हुनेछ ।



Khemraj wali

Post a Comment

0 Comments