New templates on your Email

अमेरिकाले भन्यो– अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार

२४ कात्तिक, काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ ।

यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ ।

उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’

यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ । इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको आलोचना हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एक महिना लामो युद्धपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताएका छन् ।



Binod Ghimire

Post a Comment

0 Comments