New templates on your Email

मौसम बदली : पहाडी जिल्लामा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने

१४ कात्तिक, काठमाडौं । पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएको छ ।

केही दिन पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



Khemraj wali

Post a Comment

0 Comments