New templates on your Email

तीन वटा विषयमा निर्णय लिएर अदालत खुल्नासाथ मुद्दा पेस गर्ने सरकारी वकिलको तयारी

१० भदौ, काठमाडौ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्रको खाका तयार पारेको छ । शनिबार रातिसमेत गरी सरकारी वकिलको टोलीले अभियोगपत्रको मस्यौदा तयार गरेको हो ।

‘हामीले केही सीमित विषयमात्रै टुंग्याउन बाँकी छ, विहान ८ बजे निर्णय गरेर अभियोगपत्र प्रिन्ट गर्ने र अदालत खुल्नासाथ बुझाउने तयारी छ,’ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं स्रोतले भन्यो, ‘मुद्दा लैजान ढिलाइ हुँदा मुद्दाका पक्षहरुबाट अस्वभाविक चासो र दवाव आउने भएकाले अदालत खुल्नासाथ अभियोगपत्र दर्ता गर्ने तयारी हो ।’

एक सरकारी वकिलका अनुसार, बिहान ९ बजेभित्रमा तीनवटा विषयमा औपचारिक निर्णय हुनेछ ।

पहिलो, मुद्दामा संगठित अपराधको अभियोगमा मागदाबी लिने वा नलिने भन्नेबारेमा केही विवाद देखिएको छ, त्यसवारे निर्णय हुनेछ ।

दोस्रो, प्रहरीले मुद्दा चलाउने राय दिएका पूर्वमन्त्रीहरुलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारेमा समेत निर्णय हुनेछ ।

तेस्रो,पहरीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउने राय दिएको छ, तर उस्तै प्रकृतिका अरु सबैलाई मुद्दा चलाएर उनलाई नचलाउने निर्णय कसरी मुद्दा नचलाउने निर्णय लिने भन्नेवारेको अलमल समेत टुंगिएको छैन ।

‘यसबारेमा कार्यालय प्रमुखले विभागिय प्रमुख (महान्यायाधीवक्ता)सँग समेत राय लिनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैका आधारमा निर्णय भएर मुद्दा दर्ता गर्नेछौं ।’



Khemraj wali

Post a Comment

0 Comments