New templates on your Email

नुनेज नायक बन्दा लिभरपुलको पुनरागमन जित

११ भदौ, काठमाडौं । कप्तान भर्जिल भान डायकले रातो कार्ड पाएको खेलमा डार्विन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरेपछि लिभरपुलले गएराती प्रिमियर लिगमा न्युकासललाई २-१ ले पराजित गरेको छ ।

एक गोलले पछि पर्नु र एक खेलाडी कम हुनुका बावजुत पनि लिभरपुलले पुनरागमन गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा एन्टोनी गोर्डोनले २५औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा कप्तान भान डायक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिभरपुललाई अर्को झड्का लाग्यो ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले दोस्रो हाफमा नुनेज र डिएगो जोटालाई मैदान प्रवेश गराएपछि खेल बदलियो ।

७७औं मिनेटमा मैदान प्रवेश गरेका नुनेजले ८१औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए ।

त्यसपछि उनले इन्जुरी टाइमको तेस्रो मिनेटमा मोहमद सलाहको पासमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

तीन खेल खेल्दा दोस्रो जित निकालेको लिभरपुल ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

दोस्रो हार बेहोरेको न्युकासल तीन अंकसहित १३औं स्थानमा छ ।



Khemraj wali

Post a Comment

0 Comments