New templates on your Email

कोलकाताले बेंगलोरलाई दोस्रो पटक हरायो

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो पटक पराजित गरेको छ ।

बुधबार बेंगलुरुमा भएको खेलमा कोलकताले बेंगलोरलाई २१ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा कोलकताले ८१ रनको जित हात पारेको थियो ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । २०१ रनको लक्ष्य पछ्याएको बेंगलोरले ८ विकेट गुमाएर १७९ रन मात्र बनायो ।

बेंगलोरका लागि विराट कोहलीले ३७ बलमा ६ चौका मदतमा सर्वाधिक ५४ रन बनाए । महिपाल लुमरोरले ३८ र दिनेश कार्तिकले २२ रन बनाए ।

कोलकताका वरुण चक्रवर्तीले ३ तथा आन्द्र रसेल र सुयश शर्मा समान २ विकेट लिए ।

त्यसअघि ज्यासन रोएको अर्धशतक अनि कप्तान नितिश रानाको आक्रमक ब्याटिङ गर्दा कोलकताले २०० रन बनाएको थियो ।

ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५६ रन बनाए । अर्धशतकबाट २ रनले चुकेका कप्तान नितिशले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४८ रन जोडे ।

वेनकाटेश अयेरले ३१ र एन जगदिशनले २७ रन जोडे । रिंकु सिंहले १० बलमा अविजित १८ रन बनाए ।

अन्तिम ओभरमा डेविड विजाले २ छक्का प्रहार गर्दै अविजित १२ रन बनाए ।

बेंगलोरका लागि विजयकुमार वैशाक र वानिन्दु हसरंगाले समान २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए ।

कोलकताले लगातार चार खेलको हारको शृंखला समेत तोडेको छ । यस सिजन तेस्रो जित निकालेको कोलकता ८ खेलबाट ६ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

चौथो हार बेहोरेको बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ ।



Binod Ghimire

Post a Comment

0 Comments