New templates on your Email

बेइजिङ पुगेको ८ महिनापछि बुझाए राजदूत श्रेष्ठले ओहोदाको प्रमाणपत्र

१२ वैशाख, काठमाडौं । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नियुक्त भएको आठ महिनापछि ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राजदूत श्रेष्ठले सोमबारमात्रै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उनले बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा  सी समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको बेइजिङ्स्थित नेपाली दूतावासले जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत ९ असारमा श्रेष्ठलाई राजदूत नियुक्त गरेकी थिइन् ।

दूतावासका अनुसार श्रेष्ठले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै चिनियाँ राष्ट्रपति सीले  विश्वसँगको हातेमालोका लागि चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई अगाडि सारेको बताएका थिए ।



Khemraj wali

Post a Comment

0 Comments