New templates on your Email

साविक विजेता लिभरपुल एफए कपबाट बाहिरियो

१६ माघ, काठमाडौं । साविक विजेता लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

आइतबार राति भएको खेलमा अन्तिम समयमा गोल बेहोरेपछि ब्राइटनसँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

ब्राइटनले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गरेको हो ।

इन्जुरी टाइको दोस्रो मिनेटमा जापानी खेलाडी काओरु मिटोमाले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाएका थिए । जितपछि ब्राइटन पाँचौ चरणमा प्रवेश गरेको छ ।

खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर त्यसलाई कायम राख्न सकेन ।

ब्राइटनका लागि ३९ औं मिनेटमा लेविस डुन्कले बराबरी गोल फर्काएका थिए ।

बराबरीतर्फ अग्रसर खेलेको इन्जुरी टाइममा मिटोमाले गोल गर्दै ब्राइटन जित निकाल्दै  पाँचौ चरणमा पुगेको हो ।



Khemraj wali

Post a Comment

0 Comments