New templates on your Email

सबै महिलाले गर्नैपर्छ प्याप स्मीयर परीक्षण ?

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम अधिक हुन्छ । यही रोगले आज थुप्रै महिला सताइएका छन् । तर यसको जोखिम स्थिती सुरुमै पहिल्याउन सकियो भने पाठेघरको मुखको क्यान्सर हुने संभावनालाई टार्न सकिन्छ ।

यसको एउटा सजिलो, छरितो र प्रभावकारी परीक्षण विधी हो, प्याप स्मीयर । अति सामान्य रुपमा गरिने यस परीक्षणले महिलालाई संभावित जोखिमबाट मुक्त गराउँछ ।

प्याप स्मीयर के हो ?

प्याम स्मीयर भनेको महिलाहरुको पाठेघरको मुखबाट कोष निकालेर क्यान्सर छ वा छैन भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसलाई प्याप टेस्ट पनि भनिन्छ । महिलाहरुको मृत्युको प्रमुख कारण पाठेघरको मुखको क्यान्सर हो । सही समयमा प्याप स्मीयर गराएमा पाठेघरको मुखको क्यान्सर भएमा छिट्टै पत्ता लगाएर उपचार प्रक्रियामा जान सहज हुन्छ ।

यो परीक्षणले संभावित जोखिमबाट बचाउँछ ?

प्याप स्मीयर गर्ने दुइ वटा उद्देश्य छन् । क्यान्सर हुन सक्ने सम्भावना छ वा छैन भनेर  परीक्षण गरिन्छ भने अर्को पाठेघरमा क्यान्सर छ वा छैन भनेर पनि परीक्षण गरिन्छ । प्याप स्मीयर मद्दतले क्यान्सर भएको कोषिकाहरू पत्ता लगाउन सजिलो हुन्छ जुन पछि क्यान्सर हुन सक्छ । यदि परीक्षणमा क्यान्सरको प्रारम्भिक लक्षणहरू देखिएमा यो परीक्षणले क्यान्सरको उपचारमाप नि मद्दत गर्न सक्छ ।

के यो प्याप स्मीयर परीक्षण गर्न पीडादायी छ?

यो परीक्षण गराउन सहज छ । जब डाक्टरले पाठेघरबाट कोषिकाहरु निकाल्ने क्रममा अलिकति असहज महसुस हुन सक्छ । तर, यो परीक्षण गराउँदा कुनै पीडा हुँदैन ।

प्याप स्मीयर कसले, कुन उमेरमा गर्नुपर्छ ?

नेपालको मापदण्ड अनुसार ३० वर्ष देखि ६० वर्षको उमेर समूहक ामहिलाले अनिवार्य ३-३ वर्षको अन्तरालमा गराउनु भनिन्छ । तर, खासमा पाठेघरको मुखको क्यान्सर यौन क्रियाकलापमा सक्रिय छ भने उनीहरुमा जोखिम हुने भएकोले यसको लक्षण देखिएमा ३० वर्षभन्दा मुनिकाहरुले पनि जाँच गराउन सक्छन् ।

नेपालमा छिटो विवाह हुने र छिट्टै सन्तान जन्माउने संख्या बढ्दो छ । किशोरीहरु पनि भएकोले यौन क्रियाकालापमा संलग्न भैसकेपछि जाँच गरेर सम्भावना हेर्न सकिन्छ ।

क्यान्सर भैसकेको अवस्था छ भने प्याप परीक्षण गराईराख्नु पर्दैन । त्यस्तै, ६० वर्ष पछि र यौन क्रियाकलापमा सक्रिय नभएको महिलाले पनि यो परीक्षण गराउनु आवश्यक छैन ।

प्याप स्मीयर गर्दा कुनै हानि हुन्छ ?

प्याप स्मेयर एउटा परीक्षण मात्र भएको र कुनै केमिकल पनि मिसाउने नहुँदा सुरक्षित नै हुन्छ । यसले गर्दा कुनै हानी हुँदैन ।

यो कसरी गरिन्छ ?

प्याप परीक्षण गर्दा चिकित्सक वा दक्ष स्वास्थ्यकर्मीले  योनीमा स्पेकुलम नामक उपकरण घुसाउँछन् । पाठेघरको मुख देखिन थालेपछि त्यहाँबाट उपकरणको सहायताले केही कोषिका संकलन गरिन्छ ।  त्यसपछि प्रयोगशालामा लगेर माइक्रोस्कोपको सहायताले यी कोषिकाहरूलाई सामान्य छ वा छैन भनेर जाँच गरिन्छ । यदि ती कोषिकाहरुमा क्यान्सर भएको पाइयो भने चिकित्सकहरूले सोही अनुसार थप उपचार गर्ने निर्णय गर्छन् ।

प्याप स्मीयर परीक्षण कहाँ–कहाँ गर्न सकिन्छ ?

नेपालमा निजी तथा सरकारी अस्पतालमा प्याप स्मेयरको सेवा छ । महिला सम्बन्धि विशेषज्ञ भएको प्राय अस्पताल वा क्लिनिकमा याप स्मीयरको सुविधा छन् ।

यसका लागि कति खर्च लाग्छ ?

सरकारी अस्पतालमा प्याप स्मीयर सेवाको मूल्य ५ सय देखि ७ सयसम्म छ । विपन्न महिलाहरुको भने सरकारी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । त्यस्तै, निजी अस्पतालमा भने फरक मूल्य तोकिएको हुन्छ ।

यी स्थितीमा प्याप स्मीयर गराउनु जरुरी हुन्छ :

शारीरिक सम्पर्क राख्दा पीडादायी भएमा वा रगत देखिएमा ।

–मनिावरी नभएपनि विचमा रगत देखिएमा ।

–प्रजनन अंगमा दुखाई महसुष भएमा ।

–सेतो र गन्हाउने पानी योनीमा आइरहेमा ।

–तल्ले पेट लगातार दुख्ने वा ढाँड दुख्ने भएमा ।

–तौल घट्दै गएको स्थितीमा



shiva mukhiya

Post a Comment

0 Comments