New templates on your Email

‘ह्याट्रिक’को बाटोमा दयाहाङ, तिहार बिदाले ‘के घर के डेरा’लाई राहत

काठमाडौं । तिहार बिदाको फाइदा उठाउँदै फिल्म ‘के घर के डेरा’ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरेको छ । अहिलेको ट्रेन्ड कायमै रहे फिल्मले भाइटीकाको दिनसम्म लगानी उठाउने पक्काजस्तै छ ।

निर्माताले औपचारिक कमाइ त सार्वजनिक गरेका छैनन् तर, पहिलो सप्ताहन्त र तिहार बिदाको कूल कमाइ जोड्दा फिल्मको कलेक्सन आकर्षक हुने अनुमान छ ।

मंगलबार पनि मल्टिप्लेक्सको अकुपेन्सी झन्डै शतप्रतिशत थियो । बिहान र दिउँसोभन्दा मध्यान्ह र बेलुकीका शोज हाउसफूल थिए । निर्देशक दीपेन्द्र के खनालले काठमाडौं र मोफसल टेरिटोरी दुबैमा फिल्मको कमाइ उत्साहजनक रहेको बताए ।

लगानी उठाउनुलाई फिल्मको सफलता मान्ने हो भने दयाहाङ राईका लागि के घर के डेराको प्रदर्शनलाई ह्याट्रिक मान्नुपर्छ । यसअघि ‘कबड्डी ४’ र ‘दुई नम्बरी’मार्फत दयाहाङले यसवर्ष हिट फिल्म दिइसकेका छन् ।

निर्देशक खनाल र अभिनेता कार्कीको दोस्रो सहकार्य पनि सफल देखिएको छ । यतिबेला बलिउड फिल्म ‘एनिमल’ छायांकनलाई भारतमा रहेका कार्कीले नेपालमा यो फिल्मले राम्रो कमाइ गरेको सुनेको बताउँदै आफू उत्साहित रहेको जानकारी दिए ।

बुधबारको बिहानी र मध्यान्हको शोजहरु भरिने क्रममा छन् । बिग मूभिजको मध्यान्हको शो ८० प्रतिशत अकुपेन्सी छ । क्यूएफएक्समा ५० प्रतिशतसम्म छ । मध्यान्हदेखि घमाइलो सुरु हुने भएकाले दर्शकीय उपस्थिती बढ्ने अनुमान छ ।

आगामी आइतबारसम्मै सार्वजनिक बिदा हुने भएकाले प्रदर्शनमा आएका फिल्मका लागि यो पैसा छाप्ने आकर्षक अवसर समेत हो ।



Bishnu Sharma

Post a Comment

0 Comments