New templates on your Email

नटिङहमलाई ५ गोल गर्दै आर्सनल शीर्ष स्थानमा

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनलले नटिङहम फरेस्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

यस जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ ।

आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ ।

घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले दुई गोल गरे । उनले एक गोलका लागि असिस्ट समेत गरे ।

यस्तै गाब्रीएल मार्टिनेली, थोमस पार्टे र कप्तान मार्टिन ओडेगार्डले एक/एक गोल गरे । गाब्रीएल जेससले दुई गोलका लागि असिस्ट गरेका थिए ।

लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओद्य्ड ट्राफोर्डमा युनाइटेडलाई ३ अंक दिलाउन मार्कुस रासफोर्डले एक मात्र गोल गरे ।

जितपछि १२ खेलबाट २३ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा उक्लेको छ ।



Khemraj wali

Post a Comment

0 Comments