New templates on your Email

आजदेखि हलमा लागे बाबरी, विक्रम वेधा र पीएस-वान

काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । दशैं छेकोमा प्रदर्शनमा आएका यी तीन फिल्मलाई सार्वजनिक बिदा र ‘फेस्टिभ मुड’को फाइदा उठाउने अवसर छ ।

तर, के यी तीन फिल्मले यो अवसरलाई सदुपयोग गर्लान् ?

सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ देशब्यापी प्रदर्शनमा आएको छ । जसलाई लिएर लामो समयदेखि पर्खाइ थियो । अदिती बुढाथोकी, धीरज मगर र धीरज नाडकर अभिनित फिल्म रोमान्टिक कथावस्तुमा आधारित छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले प्रिमियरबाट पनि राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । प्रेमी रोनिश (धीरज नाडकर)को खोजीमा झापाबाट सिक्किम पुग्छिन विजेता (अदिती) । बाटोमा साथी बनेका विक्रान्त (धीरज मगर) विजेताको प्रेममा पर्छ अनि कथा अघि बढ्छ ।

प्रेम सम्बन्धको कथावस्तु रुचाउने दर्शकलाई यो सिनेमा रुचिकर हुनसक्छ । ‘बाबरी’को रन-टाइम २ घण्टा १६ मिनेट छ ।

विक्रम, ऐश्वर्या राय बच्चन, तृषा कृष्णनन स्टारर फिल्म ‘पोनियन सेल्भेन : भाग १’ पनि आजै रिलिज भएको छ । मणिरत्नम निर्देशित फिल्मको लम्बाइ २ घण्टा ५० मिनेट छ ।

एक्सन-ड्रामा र फेमिली जानरामा राखिएको यो फिल्म ऐतिहासिक र पारिवारिक कथावस्तु रुचाउने दर्शकलाई प्रिय हुनसक्छ ।

२ घण्टा ४० मिनेट लामो फिल्म ‘विक्रम वेधा’मा ऋतिक रोशन, सैफअली खान र राधिका अप्टेको प्रमुख भूमिका छ । २ घण्टा ४० मिनेट लामो फिल्मलाई गायत्री पुष्करले निर्देशन गरेका हुन् ।

एक प्रहरी अफिसरले एक ग्याङस्टरलाई समात्न चलाएको अप्रेसनको कथा यसले पेश गर्छ । ग्याङस्टर र एक्सन जानरामा राखिएको फिल्मले समीक्षकबाट मीठो समीक्षा प्राप्त गरेको छ ।

अहिले हलहरुमा ‘प्रेमगीत ३’ र ‘अवतार’ पनि प्रदर्शन भैरहेका छन् ।



Bishnu Sharma

Post a Comment

0 Comments