New templates on your Email

शेखर कोइरालाले आयोजना गरे चियापान, खबरदारी सभामा नगएकाहरु पनि सहभागी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् ।

यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।

चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।

आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएको छ ।



Binod Ghimire

Post a Comment

0 Comments