New templates on your Email

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा

१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका छन् ।

राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको अनलाइनखबरलाई जानकारी दिए ।

‘राजनीतिमा बैकल्पिक शक्ति निर्माणको महायज्ञ सधैं जारी नै रहने एउटा निरन्तर शृङ्खला हो, प्रक्रिया हो’ सिटौलाले भने, ‘केवल मार्ग परिवर्तन गरेर उद्देश्य नजीक पुग्नको लागि यो एउटा अर्को बाटो मात्रै हो ।’

 



Sudarshan

Post a Comment

0 Comments