New templates on your Email

जंगीलालाई छैन टिकटको डर

१२ भदौ, जनकपुरधाम । मधेसकेन्द्रित दलहरु मिलेर बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्ष मण्डलका संयोजकमध्ये एक थिए महिन्द्र राय यादव । राजपाको महासचिव थिए जंगीलाल राय । दुवै एउटै जिल्ला सर्लाहीका नेता पनि हुन् ।

एउटै जिल्ला, एउटै पार्टीका दुई नेताबीच सम्बन्ध राम्रो हुन सकेन । २ असोज २०७४ मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदा टिकट वितरणलाई लिएर मतभेद सुरु भयो । अध्यक्ष मडलका सदस्य रायले राजेन्द्र महतोसँग मिलेर मनोमानी गरेको भन्दै जंगीलाल पार्टी छाड्ने निष्कर्षमा पुगे । ६ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरे ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा महिन्द्र राय यादवसँगै सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडे । यद्यपि पराजित भए । २९ हजार १९१ मत ल्याएर महिन्द्र राय यादव निर्वाचित हुँदा जंगीलाललाई १८ हजार ९७६ मतमा चित्त बुझाउनुपर्‍यो ।

जबकी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा महिन्द्र र जंगीलाल दुबैले चुनाव जितेका थिए । महिन्द्र क्षेत्र नम्बर ४ र जंगीलाल ५ बाट लडेका थिए । तत्कालिन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रहेका महिन्द्रले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई हराए । जंगीलाल भनतराई मधेश लोकतान्त्रिक पार्टीबाट क्षेत्र नम्बर ५ मा जितेका थिए ।

अब को उम्मेदवार ?

पछिल्लो ५ वर्षमा जंगीलालले कांग्रेसमा आफ्नो पकड बनाएका छन् । महिन्द्र राजपाबाट जनता समाजवादी पार्टी (जसपा) हुँदै पछिल्लो पटक नेपाल समाजवादी पार्टी (नेसपा) मा पुगेका छन् । डा. बाबुराम भट्टराईले जसपाबाट अलग भएर नबाएको नेसपामा महिन्द्र पनि अध्यक्ष छन् ।

नेताहरुका अनुसार सर्लाही २ मा सांगठनिक हिसाबले हेर्ने हो भने नेसपाको भोट छैन, तर महिन्द्रको व्यक्तिगत मत छ । त्यसमाथि नेसपाले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको नसेपाले टिकट दिर्नैपर्ने सूचीमा महिन्द्रलाइ पनि राखेको छ ।

जंगीलाल भने यो क्षेत्रबाट आफूले टिकट पाउनेमा विश्वस्त छन् । महिन्द्र राय यादवले टिकट पाउने कुनै आधार नै नरहेको उनी बताउँछन् । ‘उहाँ जसपा छोडेर अर्काे पार्टीमा जानुभयो,’ उनले भने, ‘यो ठाउँमा त जसपाले क्लेम गर्नसक्छ, महिन्द्र राय यादवले क्लेम गर्नै मिल्दैन ।’

सर्लाही २ को टिकटका लागि महिन्द्र रायले माओवादीको चुनाव चिन्ह रोजेको भएपनि नपाउने उनको तर्क छ । ‘गठबन्धन हुँदा सर्लाहीमा माओवादीले एउटा सिट पाउनसक्छ, जहाँ अघिल्लो पटक जितेको थियो’ उनले भने, ‘त्यो क्षेत्रमा आफ्ना उम्मेदवारलाई टिकट नदिई प्रचण्डजीले महिन्द्रजीलाई दिनुहुन्छ भने भन्नु केही छैन ।’

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उम्मेदवार रामेश्वर राय यादव निर्वाचित भएका थिए । २२ हजार ३ सय ६७ मत ल्याएर रामेश्वर निर्वाचित हुँदा नेपाली कांग्रेसका हरेशकुमार महतो १४ हजार ९ सय २९ मत ल्याएर दोस्रो भएका थिए ।

सर्लाही क्षेत्र नम्बर २ मा सदरमुकाम मलगंवासहित हरिपूर्वा नगरपालिका, कोडैना, पर्सा र ब्रहमपुरी गाउँपालिका छ । सबै पालिकामा गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

यो क्षेत्रका ४९ वडामध्ये २३ वटामा कांग्रेसले नै जित हात पारेको छ । पछिल्लो ५ बर्षमा दिनरात काम गरेर उपलब्धी समेत देखाइदिएको भन्दै जंगीलाल भन्छन्, ‘यसैले पार्टीले मलाई टिकट दिनेमा विश्वस्त छु ।



Khemraj wali

Post a Comment

0 Comments