New templates on your Email

चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो ।

स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ७ सय १० रुपैयाँ कर पु¥याएको छ । अहिलेसम्म यस्तो कर ६ सय १८ रुपैयाँ थियो ।

साथै सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ ।

६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १६ सय ३५ रुपैयाँ पुगेको छ । हालसम्म यस्तो कर १४ सय १८ रुपैयाँ थियो ।

७० देखी ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा कर प्रति एम  २२ सय २५ रुपैयाँ पुगेको छ । अहिलेसम्म १८ सय ४३ रुपैयाँ थियो ।

७५ देखि ८५ एमएमसम्म फिल्टर भएको चुरोटमा प्रति एम २८ सय रुपैयाँ कर लाग्नेछ । हिले यस्तो कर २४ सय रुपैयाँ थियो ।

८५ एमएम भन्दा माथिको फिल्टरको चुरोटमा प्रति एम ३९ सय ६५ रुपैयाँ कर लाग्नेछ । हाल यस्तो कर ३३ सय ९३ रुपैयाँ थियो ।

जर्दा सुर्ति खैनिमा लाग्ने कर प्रतिकिलो ८ सय १२ बाट ८ सय २१ रुपैयाँ बनाइएको छ ।

चुना सुर्तिमा किलोमा ४ सय ६० पुगेको छ । हालसम्म प्रतिकिलो ४ सय १८ रुपैयाँ कर लिइन्थ्यो ।

तयारी बिडीको अन्तशुलक भने यथावत प्रति एा ९४ रुपैयाँनै कामय छ । वाटरपाइप तम्बाकुको मूल्य प्रतिकेजी १६६८ बाट २००० रूपैयाँ कायम गरिएको छ ।



Rabindra Ghimire

Post a Comment

0 Comments