New templates on your Email

रियल मड्रिडलाई ९ अंकको अग्रता

१५ फागुन, काठमाडौं । करिम बेन्जेमाले खेलको अन्तयतिर गरेको एक मात्र गोल मद्दतमा स्पानिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडले रायो भालेकानोलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर रियलले दोस्रो स्थानको सेभियामाथि ९ अंकको अग्रता समेत बनाएको छ । २६ खेलबाट रियलको ६० अंक छ । एक खेल कम खेलेको सेभियाको ५१ अंक छ ।

रियलको जितमा बेन्जेमाले ८३औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरे ।

रायो भने २५ खेलबाट ३१ अंकसहित १२औं स्थानमा छ ।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड सेल्टा भिगोलाई २-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । एट्लेटिकोका लागि दुवै गोल रेनान लोडीले गरे । जितपछि एट्लेटिकोको २६ खेलबाट ४५ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४२ अंक छ ।



Khemraj wali

Post a Comment

0 Comments