New templates on your Email

आत्मघाती गोल उपहार पाउँदा आर्सनलको पुनरागमन जित

१३ फागुन, काठमाडौं । खेलको अन्तिम समयमा आत्मघाती गोल उपहार पाएपछि आर्सनलले प्रिमियर लिगमा वल्भलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको आर्सनलले पुनरागमन गर्दै तीन अंक जोडेको हो ।

एमिरेट्स मैदानमा भएको खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा वल्भसले अग्रता जोगाउन सकेन र अंक पनि गुमायो ।

८२ औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी टाइममा वल्भ्सका जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २-१ ले विजयी भएको हो ।

जितपछि आर्सनले २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा छ । वल्भ्स २५ खेलबाट  ४० अंकसहित सातौं स्थानमा छ ।

 



Khemraj wali

Post a Comment

0 Comments