New templates on your Email

कोलम्बियाली लुइस डियाज लिभरपुलमा

१७ माघ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले कोलम्बियाली विंगर लुइस डियाजलाई अनुबन्ध गरेको छ । लिभरपुलले डियाजलाई पोर्चुगिज क्लब पोर्टोबाट क्लबमा अनुबन्ध गरेको हो ।

लिभरपुलले २५ वर्षीय डियाजलाई ४५ मिलियन युरो बराबरमा अनुबन्ध गरेको बीबीसीले उल्लेख गरेको छ । उनले १५ मिलयन बोनस समेत पाउन सक्नेछन् ।

डियाजलाई लिभरपुलले साढे ५ वर्षका लागि अनुबन्ध गरेको हो । यसको अर्थ उनी २०२७ सम्म एनफिल्डमा रहनेछन् ।

हाल इन्टरनेशनल ब्रेकमा रहेका डियाज राष्ट्रिय टिमको खेल सकिएपछि लिभरपुल जानेछन् । उनले लिभरपुलमा २३ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।

डियाजले लिभरपुलमा अनुबन्ध भएपछि धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

डियाजलाई अर्को प्रिमियर लिग क्लब टोटनहम हट्सपरले पनि अनुबन्धको प्रस्ताव गरेको थियो ।

डियाजले यस सिजन पोर्चुगजि क्लब पोर्टोका लागि १८ खेलमा १४ गोल र चार असिस्ट गरेका छन् ।

लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले डियाजलाई अनुबन्ध गरेपछि खुशी व्यक्त गर्दै उनी राम्रो खेलाडी भएको र लामो समयदेखि ट्रयाक गरिरहेको बताएका छन् ।

सन् २०१९ मा कोलम्बियन क्लब एट्लेटिको जुनियरबाट पोर्टो पुगेका डियाजले त्यहाँ साढे दुई सिजन बिताउँदा पोर्टोका लागि १२५ खेलमा ४१ गोल गर्नुका साथै १९ असिस्ट गरेका छन् ।

यस्तै उनले कोलम्बियाका लागि ३२ खेल खेल्दै ७ गोल गरेका छन् ।



Binod Ghimire

Post a Comment

0 Comments