New templates on your Email

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

१३ पुस, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन तोलामा दुई सय रुपैयाँले सस्तो भएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । सोमबार ९३ हजार २ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य एक हजार २६० रुपैयाँ प्रतितोला तोकिएको छ । सोमाबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

 



Prem Lama

Post a Comment

0 Comments