New templates on your Email

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

१६ पुस, काठमाडौं । शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो।

आजका लागि तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै बिहीबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँ तोलामा बढेर एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।



Rabindra Ghimire

Post a Comment

0 Comments