New templates on your Email

माओवादी केन्द्रको महाधिवेशन लम्बिने

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ ।

‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न माग गर्नुभएकाे छ । १६ गतेसम्म सक्न काेशिस गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ’ मंगलबार स्थायी कमिटीको बैठकपछि नेता श्रेष्ठले भने ।

माओवादीको महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।



Binod Dhakal

Post a Comment

0 Comments