New templates on your Email

ओलीको प्रस्ताव अस्वीकार गर्दै रावलले भने – अध्यक्षको उम्मेदवार हुन्छु

१३ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान दोहोर्याएका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य केपी शर्मा ओलीले सहमतिका लागि भन्दै ३०१ जना केन्द्रीय सदस्यको नाम पेश गरेका थिए ।
उनले आफूले नाम लिएकाहरुलाई मात्र उम्मेदवारी दिन आग्रह गरे । अरुले पनि दिन पाउने, तर यसले समस्या लम्बिने उनको तर्क थियो ।

तर रावलले यो सम्पूर्ण प्रक्रियामा आफ्नो असहमति रहेको बताए । पार्टी बलियो होस् भन्ने आफ्नो चाहना रहेको, तर महाधिवेशनमा नेतृत्व चयनका लागि अपनाइएको प्रक्रिया ठीक नभएको बताए ।

‘सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ र म निर्वाचनमा जान्छु,’ उनले भनेका छन्, ‘म पनि उपाध्यक्ष थिएँ, अब अध्यक्षको उम्मेदवार हुन्छु । प्रतिनिधिले जे गर्नुहुन्छ, त्यसलाई स्वीकार गर्छु ।’



rajkumar

Post a Comment

0 Comments