New templates on your Email

ओलीको पदाधिकारी प्रस्ताव : ईश्वर वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेल महासचिव

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेका छन् ।

उनले भीम रावललाई मनाउने प्रयास गरेका थिए । हलको मतभन्दा बाहिर नजान आग्रह गरे । तर रावलले आफ्नो अडान छाडेनन् ।

लगतै ओलीले पदाधिकारी प्रस्ताव गरे । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रस्ताव गरेका उनले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्बाङको नाम लिए । महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल प्रस्ताव गरे ।

सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठलाई प्रस्ताव गरेका छन् ।

 



rajkumar

Post a Comment

0 Comments