New templates on your Email

केपी ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल

१३ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विवादका सन्दर्भमा बोल्ने क्रममा ओलीले परमादेश दिने पाँच न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति दिनु न्यायालयमाथिको हस्तक्षेप भएको अध्यक्ष नेपालले बताए ।

शनिबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने, ‘पाँचै जनाले राजीनामा दिनुपर्छ भन्ने जुन अभिव्यक्ति हो त्यो न्यायापालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकारमाथिको हस्तक्षेप हो ।

न्यायपालिकाकाले संसद विघटनका दुवै विषयमा ऐतिहासिक निर्णय गरेकाले त्यसैको रिस पोख्नका लागि केपी ओलीले पाँच न्यायाधीशको राजीनामा मागेको अध्यक्ष नेपालको भनाइ छ । यो अस्वीकार्य भएको उनले बताए ।

साथै उनले केपी शर्मा ओली आफू बस्न नपाए कुर्सी भाँच्ने मान्छे भएको र आफ्ना हनुमानबाहेक सबैको विपक्षमा उभिने गरेको बताए ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पत्रकारले सोधेको प्रश्नमा अध्यष नेपालले कुनै छलफल नै नभएको बताए ।



Khemraj wali

Post a Comment

0 Comments