New templates on your Email

टी-२० विश्वकप : इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हरायो

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । गएराति अष्ट्रेलियालाई हराएको इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो ।
अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जोस बटलरले अविजित ७१ रन योगदान गरे । जासन रोय २२ रन बनाएर आउट हुँदा जोनी बेयरस्टो १६ रनमा अविजित रहे ।

अष्ट्रेलियाका अष्टन अगर र अडन जाम्पाले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए ।

तीन विकेट लिंदा १७ रन खर्चिएका इंग्ल्याण्डका क्रिस जोर्डन प्लेयर अफ द म्याच भए ।



Khemraj wali

Post a Comment

0 Comments