New templates on your Email

चेल्सीको जितमा रिस जेम्सको दुई गोल

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले शनिबार न्यूकासल युनाइटेडलाई ३-० ले पराजित गरेको छ । चेल्सीको सहज जितमा रिस जेम्सले दुई तथा जर्गिन्होले एक गोल गरे ।

न्यूकासलले घरेलु मैदानमा चेल्सीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा चेल्सीले अन्तिम २५ मिनेटमा तीन गोल गर्‍यो । रिस जेम्सले ६५औं र ७७औं मिनेटमा गोल गरे ।

जर्गिन्होले ८१औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

जितपछि चेल्सीले १० खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलसँग चेल्सीले ३ अंकको अग्रता बनाएको छ । न्यूकासल १० खेलबाट ४ अंकसहित १९औं स्थानमा छ ।



Binod Ghimire

Post a Comment

0 Comments