New templates on your Email

डर्टमण्ड र अयाक्सको लगातार दोस्रो जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित हात पारेका छन् ।

समूह सी अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १-० ले हरायो ।

डर्टमण्डका लागि ३७औं मिनेटमा डोनयाल मालेनले गोल गरे ।

यस्तै अयाक्सले टर्किस क्लब बेसिकटासलाई २-० ले पराजित गरेको छ । अयाक्सको लागि स्टेभेन बर्गुइस र सेबास्टिन हलरले गोल गरे ।

लगातार दोस्रो जितपछि दुवैले समान ६ अंक जोडेका छन् । तर गोलअन्तरका आधारमा अयाक्स समूह सी को शीर्ष स्थानमा छ ।

लगातार दोस्रो हारपछि स्पोर्टिङ र बेसिकटास अंङ्कविहीन छन् ।



Khemraj wali

Post a Comment

0 Comments