New templates on your Email

जितपछि ढकालले भने-चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।

विहान चुनाव जितेपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए ।

उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारेपनि आदरणीय दाजु किशोर श्रेष्ठलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाइ विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । महासंघमा निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् ।

१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालेले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।



Rabindra Ghimire

Post a Comment

0 Comments