New templates on your Email

चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु

१३ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।

कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।



Binod Ghimire

Post a Comment

0 Comments