New templates on your Email

ऋषि कपुरका हिट गीत

बलिउड नायक ऋषि कपुरको आज बिहान निधन भयो । क्यान्सर रोगबाट पीडित ऋषि विगत १ बर्षदेखि यो रोगको उपचार गराइरहेका थिए ।
तर, अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको बिहान करिब साढे ८ बजे निधन भयो ।

बलिउडमा चलचित्र ‘बबी’बाट नायकको रुपमा इन्ट्री मारेका ऋषि कपुरले आफ्नो युगमा रोमान्टिक नायकको रुपमा दर्शकको मन जितेका छन् । उनी, आज पनि चलचित्रमा काम गरिरहेका थिए ।

ऋषिले अभिनय गरेका थुप्रै रोमान्टिक गीतहरुले उनलाई दर्शकमाझ सधै नै जीवित राख्नेछ । सन् १९८० मा रिलिज भएको चलचित्र ‘कर्ज’मा समावेश ‘ओम शान्ती ओम’ बोलको गीत होस् या सन् १९८२ मा रिलिज भएको चलचित्र ‘प्रेम रोग’मा समावेश ‘मेरी किस्मत’ बोलको गीत चर्चामा थियो ।

चलचित्र ‘चाँदनी’मा समावेश ‘ए मेरी जान’, ‘चाँदनी’मै समावेश ‘मित्वा’, ‘बडे दिल वाला’मा समावेश ‘आया सनम आया दिवाना’, ‘सरगम’मा चलचित्र समावेश ‘मह तो चले प्रदेश’, चलचित्र ‘श्रीमान् आशिक’मा समावेश ‘देखे जैसे तुजे’, चलचित्र ‘जिन्दा दिल’मा समावेश ‘ओ मेरी जान’ लगायतका दर्जनौ हिट गीत उनले दर्शकलाई दिएका छन् ।

ऋषि कपुर पछिल्लो समय चलचित्रमा पिताको भूमिकामा देखिदै आएका थिए ।



Bijay Awaj

Post a Comment

0 Comments