New templates on your Email

कोरोना त्रासबीच नै डर्टमण्डले सुरु गर्‍यो ट्रेनिङ

विश्वभर कोरोना भाइरस कोभिड १९ महामारीले गर्दा हिले फुटबल ठप्प छ । खेलसँगै ट्रेनिङहरु समेत बन्द छन् । तर बोरुसिया डर्टमन्डले भने कोभिड १९ को त्रासकै समयम पनि फुटबल प्रशिक्षण सुरु गरेको छ ।

जर्मन क्लब डर्टमण्ड सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । पहिलो दिन प्रशिक्षणमा नर्वेजियन युवा स्टार एर्लिङ हालान्डसँगै थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायतको उपस्थिति थियो ।

क्लबले खेलाडीको म्याच फिटनेसलाई कायम राख्न सुरक्षित तरिकाले ट्रेनिङ गराइने जनाएको छ । क्लबल खेलाडीले निश्चित दुरीमा राखेर ट्रेनिङ गराएको छ । क्लबका खेलाडी एम्रे चानले पिचमा फर्कनु महत्वपूर्ण रहेको र यसले बोरिङ फिल नहुने बताएका छन् । जर्मनीमा फुटबल कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो । बुण्डेसलिगामा वायर्न म्युनिखपछि डर्टमण्ड दोस्रो स्थानमा छ ।

कोरोनाको कारण ठप्प रहेको विश्व फुटबल कहिले पुराने लयमा पर्कन्छ भन्ने थाहा छैन । जर्मनीमा बुण्डेलिगा र बुणडेसलिगा को दोस्रो डिभिजन अप्रिल ३० सम्म स्थगित गरिएको छ । युरोपका अन्य लिगहरु पनि अहिले स्थगित छन् ।

कोरोनाकै कारण आगमी जुन र जुलाई महिनामा तय भएको युरोकप २०२० र कोपा अमेरिका एक वर्ष पछि सारिसकेको छ ।



Prem Lama

Post a Comment

0 Comments