New templates on your Email

दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना

१८ चैत, काठमाडौं । दक्षिण कोरिया सरकारले नयाँ कानुनमार्फत् कोरोना भाइरस नियन्त्रणको प्रयास जारी राखेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार कोरिया सरकारले कोरोना भाइसर नियन्त्रणका लागि तयार पारेको क्वारेन्टाइन कानुन उल्लंघन गर्नेमाथि कडाइ गर्ने कानुन ल्याएको हो ।

नयाँ नियम अनुसार कोरोना नियन्त्रणको लागि तयार पारिएको क्वारेन्टाइनको कानुन उल्लंघन गर्नेलाई एक वर्ष जेल र एक करोड कोरियन मुद्रा (वन) जरिवाना लगाउने निर्णय गरेको बिबिसीले जनाएको छ ।

यो कानुन अप्रिल ५ देखि लागू हुनेछ ।

 



Sudarshan Aryal

Post a Comment

0 Comments