New templates on your Email

महामारीले एसियाको आर्थिक वृद्धिमा ठूलो असर : विश्व बैंक

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने विश्व बैंकले बताएको छ । विशेष गरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ ।

सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्ने क्रममा विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ ।

उसले सन् २०२० मा समग्र विकासशील मलुकको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यो दर माइनस शून्य दशमलव ५ प्रतिशतमा पनि जान सक्ने बताएको छ । जबकी सन् २०१९ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार विश्व बैंकले चीनको आर्थिक वृद्धिदर यस वर्ष २ दशमलव ३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यो वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा पनि सीमित हुन सक्ने उसको अनुमान छ ।सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत थियो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यो भाइरसको प्रभाव सबै मुलुकमा देखिएको उल्लेख छ । विश्वका सबै मुलुकले आर्थिक सुधारको लागि विभिन्न कार्यक्रम अघि सार्नु जरुरी रहेको बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकले यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेलेको उल्लेख गरेको छ । यो महामारीको कारण यस वर्ष २ करोड ४० लाख भन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर आउने बैंकले उल्लेख गरेको छ ।

जबकी यस वर्ष ३ करोड ५० लाख मानिस गरिबीको रेखाबाट माथि उठ्न सक्ने अनुमान गरिएको थियो ।

आर्थिक अवस्था अझै कमजोर बने गरिबी १ करोड १० लाखले बढ्ने विश्व बैंकको भनाइ छ ।



Binod Dhakal

Post a Comment

0 Comments