New templates on your Email

पोखराको मतदानस्थल नजिकै बम विस्फोट, मतदान स्थगित

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान स्थगित भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए ।

वम विस्फोटपछि केहीबेरका लालगि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।



Online khabar

Post a Comment

0 Comments