New templates on your Email

सिटी काराबाओ कपको क्वाटरफाइनल प्रवेश

१३ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साउथहृयाम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गर्दा निकोलस ओटामेन्डीले एक गोल गरे । साउथहृयाम्पटनका लागि ज्याक स्टेफेन्सले गोल गरे ।

ओटामेन्डीले खेलको २२ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा अग्युरोले गोल गरेपछि सिटी २-० गोलको अग्रतामा रहृयो ।

त्यस्तै, खेलको ५६ औं मिनेटमा अग्युरोले नै गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाएका हुन् । तर खेलको खेलको ७५ औं मिनेटमा स्टेफेन्सले गोल गर्दै साउथहृयाम्पटनका लागि ३-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल सिटीले जितेको हो ।



Binod Ghimire

Post a Comment

0 Comments