New templates on your Email

कपिलवस्तुको कृष्णनगरमा तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यु

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो ।

विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणका क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।

मूर्ति विसर्जन गर्ने क्रमममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो । विवादलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु प्रहरीमाथि नै जाइलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दावी छ ।



onlinekhabar2

Post a Comment

0 Comments