New templates on your Email

दबंग गर्ल सोनाक्षीको हट अवतार

त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्, जसको अधिकांश फिल्म सुपरहिट भयो । भाग्यमानी अर्को कारणले पनि कि, उनले यी कुनैपनि फिल्ममा भड्किलो पहिरन लगाउनै परेन ।

उनी साडी, लेहेंगा, जिन्स वा यस्तै सामान्य गेटअपमै रुचाइए । न उनको फिगर हेरियो, न पहिरन ।

हुन त सोनाक्षी फिल्ममा आउनुअघि एकदमै भद्दा थिइन् । ९० किलो हाराहारी तौलकी उनले करिब ३० केजी तौल घटाइन् । यसको पछाडि अभिनेता सलमान खानको खास योगदान छ । उनले नै सोनाक्षीलाई ‘दबंग’बाट हिरोइन बनाएका हुन् ।

‘दबंग’मा सोनाक्षी सिधासादा युवतीको भूमिकामा थिइन् । अक्सर साडी लगाइरहने । उनलाई यस्तै आवरणमा रुचाइयो । र, त्यसपछिका फिल्महरुमा पनि उनी भड्किलो देखिएनन् ।

भर्खरैमात्र सोनाक्षी आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन्, फिल्म टोटल धमालबाट । यो फिल्म अहिले पनि चलिरहेकै छ । यससँगै सोनाक्षी ‘दबंग-३’को तयारीमा जुटेको बताइन्छ । ठिक यही मेसोमा यी अविवाहित अभिनेत्रीको ‘हट र सेक्सी’ तस्वीर भने सोशल मिडियामा छायो । खासगरी कालो पहिरनमा ठाँटिएकी सोनाक्षी सोशल मिडियामा भाइरल भइन् ।

सोनाक्षीका लागि यस्तो हट फोटोशूट अलि दुर्लभ नै हो । यसअघि उनले रातो पहिरनमा यस्तै फोटोशुट गराएकी थिइन् ।

बेलाबखत बलिउड इभेन्टमा पनि उनी निकै हट पहिरनमा झुल्कने गरेकी छिन् । केही समयअघि दीपिका पादुकोण र रणवीर सिंहको तेस्रो मुम्बई रिसेप्शनमा पनि सोनाक्षी पहिरनकै कारण चर्चामा आएकी थिइन् ।

संभवत सोनाक्षीले आफ्नो पारिवारिक मर्यादालाई बुझेरै धेरै भड्किलो पहिरन लगाएकी छैनन् । यद्यपी ग्ल्यामर वल्र्डमा प्रवेश गरेपछि केही चमकदमक पेश गर्नैपर्छ । सेलिब्रेटी हुनुको नाताले उनीसँग बाध्यता छ, ग्ल्यामरस पहिरनमा ठाँटिन । तर, उनले पारिवारिक मर्यादा भने नाघेकी छै्रनन् ।

किनभने सोनाक्षी सिन्हाका पिता शत्रुध्न सिन्हा छोरीलाई त्यस रुपमा पटक्कै रुचाउँदैनन् । उनले सोनाक्षीलाई फिल्ममा प्रवेश गराउन चाहेकै थिएनन् । तर, सलमान खानको जिद्दी सामुन्ने उनी हारे । छोरी सोनाक्षी हिरोइन बनिन् ।

जतिबेला सोनाक्षी ‘दबंग’का लागि सुटिङमा जाने गर्थिन्, धेरैजसो समय पिता शत्रुध्न सिन्हा पनि साथै हुन्थे ।

सोनाक्षीले फिल्ममा आउनुअघि नै प्रण गरेकी थिइन् कि, उनले परिवारको मान-सम्मानलाई पूर्ण ध्यान दिनेछिन् । यसैले उनले भड्किलो पहिरन नलगाएको बताइन्छ । उनले घर परिवारसँग बिकिनी नलगाउने र चुम्बनको दृश्य नदिने बताएकी थिइन् । यी सर्तहरु मञ्जुर भएपछि मात्र कुनैपनि फिल्ममा साइन गर्ने उनको वाचा थियो ।



suresh

Post a Comment

0 Comments