New templates on your Email

आहा रारा गोल्ड कप : रोकियो डफिन्सको यात्रा, आर्मी फाइनलमा

१६ फागुन, पोखरा । पोखरामा जारी आहारारा कपको दोसो सेमिफाइनल खेलबाट क्यामरुनी क्लब डफिन्सको यात्रा टुंगिएको छ । बिहीबार भएको खेलमा डफिन्स त्रिभुवन आर्मी क्लबसँग १–० गोलले स्तब्ध बनेको हो ।

आर्मीले १८ गते हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग उपाधिका लागि भिड्ने छ । खेलको १३ औं मिनेटमा टेकबहादुर बुढाथोकीले हेडिङ मार्फत गरेको गोल नै आर्मीलाई फाइनल पुर्‍याउन पर्याप्त भयो ।

२६ औं मिनेटमा डफिन्सका यान्निक ओहोनाले रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित भएको डफिन्सले खेलमा कमब्याक गर्न सकेन । खेलमा आर्मीका दीपक गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

डफिन्सले पोखरामा मनकामना केवलकार पोखराकप, धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप उपाधि चुम्दै आहा रारा गोल्डको सेमिफाइनलसम्म आइपुगेको थियो ।



from खेलकुद – Online Khabar

Post a Comment

0 Comments