New templates on your Email

हेलिकोप्टर दुर्घटना प्रकरण : ७ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।

बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको हो ।

ती शवहरुमध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै सनाखत भएको छ । अन्यको पहिचानका लागि डीएनए परीक्षण हुन सक्ने सम्भावना छ ।

हाल अस्पतालमा ज्यान गुमाउने मन्त्री अधिकारी, पीएसओ घिमिरेसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यान प्राधिकारणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीका परिवारजन, आफन्त र शुभचिन्तकको भीड छ ।

पोस्टमार्टमका लागि मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका टुँडिखेलमा राखिनेछ ।



Binod Dhakal

Post a Comment

0 Comments