New templates on your Email

नेपाली महिला उद्यमीहरुको १४ सदस्यीय टोली श्रीलंकामा

१६ फागुन, काठमाडौं । श्रीलंकामा आयोजना हुने एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिन १४ सदस्यीय नेपाली महिला उद्यमीको टोली श्रीलंका प्रस्थान गरेको छ ।

एससीडब्ल्यूईसीले यहि फागुन १८ गते आयोजना गर्न लागेको पुरस्कार समारोहमा भाग लिनका लागि महिला टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोली पुरस्कार समारोहमा भाग लिन कोलम्बो, श्रीलंकाका लागि गएको सो टोलीको नेतृत्व एससीडब्ल्यूईसीका उपाध्यक्ष रीता भण्डारीले गरेकी छन् ।

सो टोलीमा प्रतियोगीताका लागि २ फेसन डिजायन्र्स , एक गायक र त्यसैगरी बेस्ट नेपाली महिला उद्यमि २०१८ को उपाधी हातपार्न सफल स्याम बद्धन श्रेष्ठ पनि रहेका छन् ।

त्यसैगरी पहिलो पटक आयोजना हुन लागेको प्रतियोगीतामा एससीडब्ल्यूईसीको सदस्य नीता पौडेलले कोलम्बोमा आयोजित समारोहको मापदण्ड र प्रतियोगितामा केपीएमजी, अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्ट र्फमद्वारा विकसित गरिएको ढाँचा हेर्ने बताइएको छ ।

एसएसीईईसीको अनुसार, यस क्षेत्रका सामाजिक, आर्थिक वृद्धिमा उनीहरूको योगदानलाई कदर गर्दे सार्क क्षेत्रका महिला उद्यमिहरु र त्यस समुदायहरूलाई सशक्तीकरण गर्ने यो क्षेत्रीय पुरस्कारको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।



Bishal Sapkota

Post a Comment

0 Comments