New templates on your Email

नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना’ आउँदै

१७ माघ, काठमाडौं । पत्रकार नारायण वाग्लेको तेस्रो कृति कोरियाना कफी गफ फेब्रुअरी महिनाको दोस्रफ हप्ता सार्वजनिक भएको छ । यसअघि दुईवटा उपन्यास लेखेका वाग्लेले तेस्रो कृतिको रुपमा गैरआख्यान ल्याउन लागेका हुन् ।

‘नारायणको लेखन तीन शैलीमा वर्गीकृत छन्,’ लामो समयदेखिका मित्र समेत रहेका प्रकाशक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘उनी एकातिर समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकार हुन् । अर्कोतिर मनपराइएका उपन्यासकार हुन् । त्यसैगरि तेस्रो विशेषता भनेको उनी कफीगफ लेख्छन् ।’

वाग्ले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील लेखन कार्यशालामा सहभागी हुँदाको अनुभव समेटेर उनले तेस्रो कृति लेखेका हुन् । वाग्ले आख्यान वा गैर आख्यान जेसुकै भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताउँछन् ।

‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनी भन्छन्, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं ।’



Binod Dhakal

Post a Comment

0 Comments