New templates on your Email

राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । तर दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।



Binod Dhakal

Post a Comment

0 Comments