New templates on your Email

नेपाललाई चौथो सफलता, सन्दीपले लिए दुई विकेट

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको चौथो विकेट लिएको छ ।

यूएईका मोहम्मद उस्मान ३० रनमा आउट भए । नेपालकाल लागि सन्दीप लामिछानेले विकेट लिए । यसअघि सीपी रिज्वान २२ रनमा आउट भएका थिए ।

युएईका घुलाम शब्बेर आठ रनमा आउट भए । त्यस्तै, अष्फाक अहमद दुई रनमा आउट भए । युएईले महत्वपूर्ण दुई विकेट सस्तैमा गुमाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सोमपाल कामी र र बसन्त रेग्मीले एक-एक विकेट लिएका छन् ।

१४ ओभरको समाप्तिमा यूएईको चार विकेटको क्षतिमा १०५ रन भएको छ ।



onlinekhabar2

Post a Comment

0 Comments